काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । गत साताको अन्तिम दुई दिन स्थिर रहेको सुनको मूल्य आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम भएको हो ।
आज नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनहरुमा सुनको मूल्य हरेक दिनजसो नयाँ कीर्तिमान कायम गरिरहेको छ ।
आज चाँदीको मूल्य तोलामा २ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । यो गत शुक्रबारको भन्दा १० रुपैयाँले महंगो हो । शुक्रबार चाँदी तोलामा २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्