काठमाडौं । सेयर कारोबार हुने साताको पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको छ । आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा परिसूचक २ दशमलव ६९ अंकले बढेर २६२९ दशमलव ८३ अंकमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ५२ अंकले बढेर ४७४ दशमलव ७८ अंकमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा ४५ कम्पनीका ७ हजार २४४ कित्ता सेयर ८७ पटक खरिद बिक्री हुँदा ५२ लाख ३५ हजार ९३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्