Skip to content
Prabhu

लाभांश प्रस्ताव पारित गर्न सानिमा बैंकले बोलायो साधारणसभा

nabil

काठमाडौं । सानिमा बैंक लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको २० औँ साारणसभा मंसिर ४ गतेका लागि बोेलाएको हो । उक्त सभा आम्रपाली बैङक्वेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजे शुरु हुने छ ।

सभाले हाल कायम चुक्ता पुँजीका ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । कात्तिक २४ गतेसम्म कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal