Skip to content
Prabhu

केन्यामा भारतीय अर्बपति अडानीलाई धक्का, ७३ करोड डलरको सम्झौता रद्द

nabil

केन्या उच्च अदालतले सरकारी स्वामित्वको केन्या इलेक्ट्रिकल ट्रान्समिसन कम्पनी र अडानी इनर्जी सोलुसन्सबीच बनाउने भनिएको प्रसारण लाइनहरू सहित विद्युत पूर्वाधार निर्माण र सञ्चालन गर्ने सम्झौतालाई निलम्बन गरेको छ ।

रोयटर्सका अनुसार दुई कम्पनीबीच यही महिनाको सुरुमा ३० वर्षे सम्झौता भएको थियो । अडानी इनर्जी सोलुसन्स उद्योगपति गौतम अडानीको नेतृत्वमा रहेको कम्पनी हो ।

global
अर्घाखाँची सिमेन्ट
Hyundai

उच्च अदालतले केन्या सरकारले सम्झौतालाई चुनौती दिँदै केन्याको कानून समाजले दायर गरेको मुद्दामा अदालतले निर्णय नगरेसम्म केन्या सरकारले ७३ करोड ६० लाख अमेरिकी डलरको सम्झौता गर्न नसक्ने बताएको छ ।

केन्याको कानून समाजले यो सम्झौता संवैधानिक छल  भएको तर्क गरेको गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal