Skip to content

अपर तामाकोशी जलविद्युत् आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द

nabil bank

काठमाडौं । असोज १० गतेदेखि तीन दिनसम्म परेको भारी वर्षाका कारण अपर तामाकोशी जलविद्युत् आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ । असोज १२ गते बिहान ११ बजेतिर बाँधस्थल क्षेत्रमा गएको पहिरोले Dam Operation Control Building, Settling Basin, Box Culvert,  हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण, ट्रान्समिसन लाइन तथा बाँधस्थल प्रवेश मार्गजस्ता महत्वपूर्ण संरचनाहरूमा क्षति पुर्‍याएको छ । यस क्षतिका कारण ४५६ मेगावाट विद्युत् उत्पादन ठप्प भएको हो ।

बाढीका कारण भएको क्षतिको मूल्यांकन पश्चात पुनर्निर्माणको कार्य अगाडि बढाइएको जानकारी कम्पनीले दिएको छ । यस पुनर्निर्माण कार्यपछि मात्र विद्युत् उत्पादन पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi