Skip to content

प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

nabil bank

काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ०५ अंकले बढेको हो ।

आजको प्रि ओपन सेसन बन्द हुँदा नेप्से परिसूचक २७४० दशमलव १२ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ९३ अंकले बढेर ४४८ दशमलव ०४ विन्दुमा पुगेको छ ।

आजको यो सेसनमा ३० कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ५६ कम्पनीका ९ हजार ३९७ कित्ता सेयर १३० पटक खरिद बिक्री हुँदा ४६ लाख ३१ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi