Skip to content

वैदेशिक रोजगारमा पठाइदिने भन्दै १२ लाख ठगेको आरोपमा ३ जना पक्राउ

nabil
global ime

काठमाडौँ । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै १२ लाख २५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा बिरुवा गाउँपालिका–१ घर भई हाल काठमाडौं–३१ बानेश्वर बस्ने ५० वर्षीया कमलाकुमारी केसी, बागलुङ बडिगाड गाउँपालिका–९ घर भई हाल भक्तपुर सूर्यविनायक–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा तथा झापा मेचीनगर नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय मनिश खड्का रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘पक्राउ परेकामध्ये केसीले क्रोएसिया पठाउने भन्दै चार जनाबाट आठ लाख २५ हजार रुपैयाँ, बुढाले युके पठाउने भन्दै एक जनाबाट दुई लाख रुपैयाँ तथा खड्काले क्रोएसिया पठाउने भन्दै एक जनाबाट दुई लाख २५ हजार रुपैयाँ लिई विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।’

पक्राउ परेकाहरुको थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima