Skip to content
Prabhu

फिन इलेक्ट्रो टेक २०२४ कात्तिक २९ देखि मंसिर २ गतेसम्म, ५० हजारले अवलोकन गर्ने अपेक्षा

nabil

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२४’ कात्तिक २९ देखि मंसिर २ गतेसम्म (नोभेम्बर १४–१७, २०२४) काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने भएको हो ।

ट्रान्सवेल्ड ट्रान्सफर्मरको मुख्य प्रायोजनमा आयोजना हुने यो कार्यक्रमले यस क्षेत्रका आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यवसायलाई सहजीकरण र प्रबर्द्धन गर्ने उद्देश्य राखेको छ । यस वर्ष ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ भन्ने नारासहित आयोजित यस प्रदर्शनीले उपभोक्ताहरुलाई सुरक्षित र गुणस्तरीय विद्युतीय उत्पादन प्रयोगमा प्रोत्साहित गर्नेछ ।

प्रदर्शनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार र वैकल्पिक ऊर्जासम्बन्धी उद्यमीहरूलाई एकै ठाउँमा जमघट गराई व्यवसायिक प्रबर्द्धन तथा सूचना आदान–प्रदान गर्ने प्लेटफर्म प्रदान गर्ने छ । साथै, उर्जाको व्यवस्थित खपतको महत्वबारे जनचेतना जगाउने उद्देश्य पनि यसमा रहेको छ ।

फिन इलेक्ट्रो टेक २०२४ मा हलभित्र र हल बाहीर गरी जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरु छन् जसमा नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।

प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तरक्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिने छन् भने अवलोकन कर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ।

प्रदर्शनी हलभित्र र बाहिर गरी ९८ वटा स्टलमा ट्रान्समिसन तथा वितरण सामग्री, ऊर्जा आपूर्ति र नियन्त्रण उपकरण, हाउस वायरिङ्ग सामग्री, अत्याधुनिक स्वीच, एलइडी लाइटिङ, घरेलु विद्युतीय उपकरणहरू, वैकल्पिक ऊर्जा सामग्रीहरू लगायतका सामग्रीहरू प्रदर्शन गरिनेछ ।

भारतीय वाणिज्य मन्त्रालयको सहयोगमा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गर्ने ‘इन्डिया पावर शो’ प्रदर्शनीको मुख्य आकर्षणमध्ये एक हुनेछ । यसमा २८ वटा स्टल राखिएका छन्, जसमा भारतीय उद्योगीहरूका नवीनतम उत्पादनहरू प्रदर्शन गरिनेछ ।

‘फिन इलेक्ट्रो टेक २०२४’ को अवलोकन गर्नका लागि खल्ती एपको सहयोगमा डिजिटल बुकिङ सुविधा समेत उपलब्ध गराइएको छ । खल्तीबाट टिकट काट्ना निःशुल्क प्रवेशको ब्यवस्था रहेको छ । सोही बाहेकका लागि विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधारणलाई १०० रुपैयाँ शुल्क तोकिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal