Skip to content
Prabhu

प्रि ओपन सेसनमा साढे ५ अंकले बढ्यो नेप्से

nabil

काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११ दशमलव २४ अंक घटेर २७४८ दशमलव ९६ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन सेनसमा ५ दशमलव ५९ अंक बढेर २७५४ दशमलव ५५ विन्दुमा पुगेको छ । त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १ दशमलव२३ अंक बढेको छ ।

बुधबार प्रि ओपन सेसनमा ६० स्टकको ११० पटकको कारोबारमा १ करोड २३ लाख ३६ हजार ९४७ रुपैयाँ २० पैसाबराबरको ३४ हजार २०१ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ४० स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ । बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal