Skip to content
Prabhu

युनिलिभर नेपालको नाफामा गिरावट

nabil

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा गिरावट आएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६३ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्ममा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३.०४ प्रतिशत र अन्य आम्दानी ४.३० प्रतिशत घटेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल आम्दनी ३.०५ प्रतिशत घटेको छ भने कुल खर्च २.५१ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १११ रुपैयाँ १८ पैसा घटेर २ हजार २८८ रुपैयाँ ३८ पैसामा झरेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २१.५२ गुणा रहेको छ । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५ अर्ब २८ करोड १३ लाख रुपैयाँ रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal