काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेको नोक्सानी बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नोक्सानी १ करोड भन्दा माथि पुगेको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड १६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नोक्सानी ७३ लाख ६३ हजार रुपैयाँ नोक्सानीमा थियो । कम्पनीको विद्युत बिक्री आम्दानी नभएको र खर्च बढेका कारण खुद नोक्सानी बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च ९४ लाख ७० हजार रुपैयाँबाट बढेर १ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीको सञ्चालन नोक्सानी ९६ लाख रुपैयाँबाट बढेर १ करोड २६ लाख रुपैयाँ पुगेको छ । ६ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ४२ करोड ५९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ७८ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ९० पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्