Skip to content
Prabhu

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा दिउसो २ बजेको समयमा बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज यो कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ६७ रुपैयाँले बढेर ७३७ रुपैयाँ पुगेको छ । समग्र बजार घटिरहँदा पनि यो कम्पनीको सेयर मूल्यमा भने उच्च वृद्धि भएको हो ।

यो समाचार तयार पार्दासम्म समग्र सेयर बजार परिसूचक भने १९ दशमलव ८५ अंकले घटेर २७२९ दशमलव १० विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ४ अर्ब ८१ करोड बढीको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal