Skip to content
Prabhu

सेयर बजार घट्दा ५ कम्पनीमा सकारात्मक सर्किट

nabil

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द हुन्दा पनि पाँच कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा सप्तकोशी डेभलपमेन्ट बैंक, सिर्जनशील लघुवित्त, मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज सप्तकोशी डेभलपमेन्ट बैंक र सिर्जनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सप्तकोशीको सेयर मूल्य ६७ रुपैयाँले बढेर ७३७ रुपैयाँ पुगेको छ । त्यस्तै सिर्जनशील लघुवित्तको सेयर मूल्लय २२९ रुपैयाँ ५० पैसाले बढेर २ हजार ५२४ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यस्तै आज मकर जितुमाया सुरीको सेयर मूल्य ६४ रुपैयाँ ६० पैसाले घटेर ७११ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै पोखरा फाइनान्सको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ६९ रुपैयाँ २० पैसाले बढेर ७६१ रुपैयाँ ६० पैसा पुगेको छ । समृद्धि फाइनान्सको सेयर मूल्य पनि ९२ रुपैयाँ ३० पैसाले बढेर १ हजार १६ रुपैयाँ ३० पैसा पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal