काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओ शुक्रबार अर्थात् कात्तिक ३० गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे क्यापिटलकै कार्यालयमा एफपिओ बाँडफाँट हुने भएको हो ।
कम्पनीको एफपिओमा १४ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको एफपिओमा पाउनका लागि आवेदन दिएका १३ लाख ९९ हजार २९९ जनाको हात रित्तो हुने भएको हो । सिडिएसका अनुसार एफपिओमा अन्तिम दिनसम्म १४ लाख ३४ हजार ३८९ जनाले २ करोड १३ लाख २९ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् । जस मार्फत २ अर्ब १३ करोड २९ लाख ८९ हजार रुपैयाँ संकलन भएको हो । जुन मागभन्दा ६०.७८ गुणा बढी आवेदन हो ।
कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४ हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ३५ हजार ९० जनाले मात्रै १०÷१० कित्ताका दरले एफपिओ हात पार्नेछन् । सोहि मध्येका ४ जनाले थप १ कित्ता सेयर पाउनेछन् । साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पुँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न अपुग पुँजी पुर्याउन एफपिओ निष्काशन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्