Skip to content

अग्लुङफेदीमा पक्की पुल निर्माण सुरु

nabil bank

स्वर्गद्वारी । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङफेदी खोलामा दुई लेनको मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ । प्यूठानको गौमुखी गाउँपालिका र गुल्मीको मदाने गाउँपालिकावासीको सहजतासँगै बाग्दुला भीमगिठे सडकखण्डमा पुल निर्माण सुरु गरिएको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले जानकारी दिए ।

उनका अनुसार सडक पूर्वाधार विकास कार्यालयसँग एम/एस कमल–अर्जुन–सिटी–जेभी रेसुङ्गा गुल्मीले २०८१ मङ्सिर ८ गते निर्माण सम्पन्न गर्नेगरीे काम सुरु गरेको हो । ४ करोड १४ लाख २९ हजार ९ सय ७९ रुपैयाँमा पुल निर्माण हुनेछ ।

पुलको फाउण्डेसन तयार गरी आज शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

मन्त्री ढकालले तोकिएकै समयमा कार्यसम्पन्न गर्न निर्देशन दिए । सरकारले देखिने र महसुस हुने गरी विकास निर्माणको काम अघि बढाएको उनले बताए ।

सहकारीमन्त्री पन्थीले विकट बस्तीलाई विकासको मूलधारमा ल्याउन सरकारले प्राथमिकतामा राखेको बताए । पक्की पुलको शिलान्यास भएसँगै प्यूठानको गौमुखी र गुल्मीको अग्लुङफेदी बासिन्दामा खुसी छाएको छ ।

निर्माण व्यवसायी विजय खनालले भुक्तानी प्रक्रियामा कुनै समस्या नआए निर्धारित समयभन्दा अगाडि नै पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi