Skip to content

हकप्रद निष्कासन गर्दै लिवर्टी ईनर्जी

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आउँदो मंसिर १६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५० को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ७५ लाख कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । यसर्थ कात्तिक २० गतेसम्म कायम सेयरधनीले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन पाउँछन् । इच्छुक तथा योग्य लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, लिवर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम मिति पुस ७ गते तोकिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima