Skip to content

माउन्टेन इनर्जीको लाभांश घोषणा

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । घोषित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

कम्पनीले आगामी साधारणसभा पुस २८ गते गर्ने पनि निर्णय गरेको छ। सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने पनि निर्णय भइसकेको कम्पनी सचिव अरुण कुमार के.सी. ले जानकारी दिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T