Skip to content

पोखरामा एक्सपेङ मोटर सोरुम सञ्चालन, एक्सपेङ जी६ मोडल सार्वजनिक

काठमाडौं। सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा लञ्च गरेको छ । सीजी मोटर्सले अटोवेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको हो।

पोखरामा गाडी बिक्रीसँगै नेपालमा एक्सपेङको उपस्थिति थप विस्तार भएको र स्थानीय ग्राहकलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

अटोवेजका अध्यक्ष नारायणप्रसाद पौडेलले मिडियालाई एक्स्पेङ ब्रान्डको परिचय गराएका थिए भने सीजी मोटर्सका सीईओरनिर्देशक हेमन्त अग्रवालले अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजना प्रस्तुत गरे। अटोवेजले पहिलो चरणका ग्राहकलाई ५ वटा जी६ एसयूभी पनि हस्तान्तरण गरेको छ।

लञ्च कार्यक्रममा एक्सपेङको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ। जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षण इ–एनक्यापमा फाइभ स्टार रेटिङ प्राप्त गरेको छ। यसमा स्वचालित ड्राइभिङ प्रविधि, सेपा २.० संरचना, नियमित ओटिए अपडेट, एक्सओएस अपरेटिङ सिस्टमलगायत सुविधा छन्।

सीजी मोटर्सले हाल ग्राहक सेवालाई थप प्राथमिकता दिँदै बागडोल काठमाडौंमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T