Skip to content

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडाउनमा लगाएको रोकप्रति वायुसेवा सञ्चालक संघको ध्यानाकर्षण

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघले आज विज्ञप्ति जारी गर्दै नेपाल सरकरको खुला हवाई नीति विपरितको कार्य भएको भन्दै आपत्ति जनाएको हो ।

‘नेपाल सरकारले खुल्ला हवाई नीति अवलम्बन गरे पश्चात नेपालको पर्यटन प्रवद्र्धन गर्ने हेतुले नेपाल नागरिक उड्डयन ऐन, २०५३ तथा गैर सैनिक हवाई उडान (सिभिल एभिऐसन एने, २०१५) अनुरुप नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालले दिएको इजाजत पत्र र नेपाल नागरिक उड्डयन प्राधिरकले दिएको सञ्चालन अनुमति लिई विधिवत दर्ता भै वायुसेवा कम्पनीहरुबाट सञ्चालन भएको व्यहोरा समेत अवगत गराउँन चाहान्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T