Skip to content
Prabhu

४ महिनामा खुद सेवा आय करिब २३ अर्बले घाटा, विदेशीले नेपालमा २७ अर्ब बढी खर्च गर्दा नेपालीले विदेशमा ६८ अर्ब खर्चिए

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नेपालमा आउने विदेशी गरेको खर्च भन्दा नेपालीहरुले विदेशमा गरेको खर्च बढी रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म खुद सेवा आय २२ अर्ब ९५ करोड रुपैयाँले घाटामा रहेको हो । अघिल्लो वर्षको यही अवधिमा खुद सेवा आय २७ अर्ब ८९ करोड रुपैयाँले घाटामा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च ३.८ प्रतिशतले बढेर २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यस्तै चार महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय अर्थात् नेपालीले विदेश लैजाने रकम १०.३ प्रतिशतले बढेर ६८ अर्ब ३१ करोड पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

यसमध्ये शिक्षातर्फको खर्च ३७ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको चार महिनामा भ्रमण खर्च ६१ अर्ब ९२ करोड रहेकोमा शिक्षातर्फ ३८ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal