Skip to content

आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल

nabil bank

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि गठित सिफारिस समिति पदाधिकारीहरू चयन गर्न असफल भएको छ ।
उक्त समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै पदाधिकारीहरू नियुक्तिका लागि पुनः प्रक्रिया सुरु गर्न सरकारलाई आग्रह गरेको हो ।

सोमबार बसेको समितिको बैठकमा मत बाझिएको र समय सकिएपछि दुवै आयोगका अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी प्रक्रिया पुनः प्रारम्भ गर्न मन्त्रिपरिषद्लाई आग्रह गरिएको छ ।

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सर्च समिति गठन गरेको थियो । तर समितिले आफ्नो समयसम्म दुवै आयोगमा अध्यक्ष र सदस्य नियुक्ति गर्न नसकेको हो ।

विज्ञप्तिमा भनिएको छ,‘उल्लिखित सन्दर्भमा सिफारिस समितिबीच केही विषयमा मतैक्यता हुन नसकेकाले सिफारिस समितिबीच बहुमत र अल्पमतको निर्णय गर्दा यसबाट दूरगामी असर पर्न सक्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन आयोगमा नियुक्त हुने अध्यक्ष तथा सदस्य नियुक्तिको प्रक्रियालाई थप विश्वसनीय र स्वीकार्य बनाउनको लागि आयोगका अध्यक्ष तथा सदस्यका लागि उपयुक्त व्यक्तिहरूको खोजीलाई अझ व्यापक र प्रभावकारी बनाई नियुक्ति प्रक्रिया अघि बढाउन उपयुक्त देखिएको सन्दर्भमा मिति २०६१/०७/०२ मा गठित यस समितिको कार्यविधि मिति २०८१/०९/०१ मा समाप्त भएकोले दुवै आयोगका अध्यक्ष र सदस्यको नाम सिफारिस सम्बन्धी प्रक्रिया पुनः प्रारम्भ गर्न उपयुक्त हुने देखिएकोले तत्सम्बन्धी प्रक्रिया पुनः प्रारम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्लाई अनुरोध गरिएको छ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi