Skip to content
Prabhu

शाओमीको साउन्ड आउटडोर स्पिकरः कम्प्याक्ट, शक्तिशाली र टिकाउ

nabil

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा शाओमी साउन्ड आउटडोर स्पिकर सार्वजनिक गरेको छ । अत्याधुनिक विशेषताहरूले भरिपूर्ण यो स्पिकरले पार्टी आयोजना गर्दा होस् वा एक्लै विश्राम लिँदा होस् यसले शक्तिशाली अडियो, लामो समयसम्मको प्रदर्शन र मजबुत टिकाउपनाको सुनिश्चितता प्रदान गर्ने कम्पनीले बताएको छ ।

शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले आफ्नो विचार राख्दै भने, ‘हाम्रा ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै नवीन, टिकाउ र स्टाइलिस उत्पादन प्रदान गर्ने लक्ष्यका साथ हामीले शाओमी साउन्ड आउटडोर स्पिकर नेपाली बजारमा ल्याएका हौं । यसको मजबुत विशेषता र किफायती मूल्यले नेपालमा आउटडोर अडियो अनुभवलाई नयाँ परिभाषा दिनेमा हामी ढुक्क रहेका छौँ ।’

global
अर्घाखाँची सिमेन्ट

अवार्ड विनिङ डिजाइन

शाओमी साउन्ड आउटडोर स्पिकरले प्रतिष्ठित रेड डट डिजाईन अवार्ड जित्न सफल भएको थियो । यो स्पिकर तीन आकर्षक रंगहरू—ब्ल्याक (ओरेन्ज ह्यान्डल), रातो र नीलोमा उपलब्ध रहेको छ । कम्प्याक्ट साइजमा बनेको यो स्पिकरको आकार १९७ह६८ह६६ मिलिमिटर र तौल भने मात्र ५९७ ग्राम रहेको छ ।

अडियो र कनेक्टिभिटीमा उत्कृष्टता

३० वाटको पावरफुल अडियो आउटपुट र डुअल पासिभ वुफर समावेश रहेको शाओमी साउन्ड आउटडोर स्पिकरले ६० हर्जदेखि २० किलोहर्जसम्मको फ्रिक्वेन्सीमा उत्कृष्ट अडियो अनुभव प्रदान गर्दछ । ब्लुटुथ ५.४ कनेक्टिभिटीलाई सर्पोट गर्ने यो स्पिकर सजिलै अन्य डिभाइससँग कनेक्ट हुन्छ र कल सपोर्टको सुविधा पनि यसले प्रदान गर्छ । साथै अझै ठूलो अडियो सेटअपको लागि प्रयोगकर्ताहरूले दुई स्पिकरलाई स्टेरियोको रूपमा पेयर गर्न पनि सक्नेछन् वा पार्टी माहोल बनाउन यो स्पिकरलाई १०० वटासम्मका स्पिकरलाई लिंक गर्न सकिनेछ ।

टिकाउपन र ब्याट्री लाइफ

विशेषगरी आउटडोर प्रेमीहरूका लागि डिजाइन गरिएको र आइपि ६७ रेटिंग पाएको शाओमी साउन्ड आउटडोर स्पिकर धूलो र पानी प्रतिरोधी पनि रहेको छ । लामो समयसम्म चल्ने यसको ब्याट्रीले एक पटकको चार्जमा १२ घण्टासम्म प्लेब्याक प्रदान गर्दछ । साथै यो केवल २.५ घण्टामा पूर्ण रूपमा चार्ज हुने यो स्पिकरले लामो यात्रामा पनि अविरल मनोरञ्जन सुनिश्चित गर्दछ ।
स्टाइल, कार्यक्षमता र टिकाउपनलाई संयोजन रहेको शाओमी साउन्ड आउटडोर स्पिकर घरमा वा यात्राको लागि उपयुक्त विकल्प बनाउन सफल भएको छ ।

मूल्य तथा बजार उपलब्धता

शाओमी साउन्ड आउटडोर स्पिकरको मूल्य ६ हजार २ सय ९९ रहेको छ जुन नेपालभरका आधिकारिक एमआई स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal