काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।
लघुवित्तको ६ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्