काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रस्ताव सहित पुस २९ गते १२ औँ वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।
सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय पनि बैठकले गरिसकेको छ । कम्पनीले लाभांश नबाड्ने निर्णय गरेको छ भने चुक्ता पुँजीको १ बराबर ०.५ अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव सभाले पारित गर्नेछ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्