Skip to content
Prabhu

पर्यटन प्रबर्द्धन गर्न भेडेटारमा १६ गतेबाट खाना महोत्सव हुने

nabil

सुनसरी । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको छ ।

नयाँवर्ष २०२५ को पूर्वसन्ध्यामा कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा १२ औं भेडेटार ‘फुड फेस्टिभल’ आयोजना गरिने होटेल संघ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले राससलाई जानकारी दिए ।

global
अर्घाखाँची सिमेन्ट
Hyundai

महोत्सवमा साँगुरीगढी–६ भेडेटार चोकदेखि काम्फेक, थुम्की नाम्जेसम्म र भेडेटार चोकदेखि नमस्ते झरना सिम्सुवासम्म विभिन्न ‘स्टल’ राखिने अध्यक्ष लिम्बूले बताए । महोत्सवमा साँगुरीगढी क्षेत्रका कृषि तथा घरेलु उत्पादनको बजारीकरण पनि गरिने छ ।

महोत्सवका माध्यमबाट धनकुटाका प्रमुख पर्यटकीयस्थल शैलुङडाँडा, चाल्र्स भ्यु टावर, स्काइ ब्रिज, पाथीभरा मन्दिर, शङ्खेश्वर, भेडेटार पार्क, सूर्योदय बौद्ध पार्क, प्याराग्लाइडिङस्थल, धजेडाँडा, ओख्रे भ्यु टावर, नमस्ते झरना, साँगुरीगढी, नाम्जे गाउँ, अजङ्गको वरको रुख, थाउजेन्ड बिग बुद्ध, कार्कीछाप झरना, चाँदी बजार, आहाले, खुवालुङ त्रिवेणी, धजे पदमार्ग, झण्डीडाँडा र गालखाडीको प्रवद्र्धनमा योगदान पुग्ने विश्वास अध्यक्ष लिम्बूले व्यक्त गरे ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal