काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिनको कारोबार जारी रहँदा सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले गिरावट आएको हो ।
कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि र गिरावट हुँदा सर्किट लागेर कारोबार बन्दु हुन्छ । आजको कारोबार जारी रहँदा सिन्धु विकास बैंकको सेयर मूल्यमा ९४ रुपैयाँले घटेर ८४६ रुपैयाँ पुगेको छ । यो अवस्थामा समग्र बजार परिसूच भने २ दशमलव ५४ अंकले बढेर २६२९ दशमलव ०६ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्