काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले गिरावट आएर सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो बैंकको सेयर मूल्य १२८ रुपैयाँ ५० पैसाले घटेर १ हजार १५६ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । समग्र बजार परिसूचक यो समयमा ११ दशमलव ६५ अंकले बढेर २६३८ दशमलव १७ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब ८४ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्