काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा निर्जीव बीमा कम्पनीहरुले १७ अर्बभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीले यो अवधिमा कुल ११ लाख २७ हजार २७२ बीमालेख जारी गरेर उक्त रकम बराबरको व्यवसाय गर्न सफल भएका हुन् । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पाँच महिनामा गत आवको सोही अवधिको भन्दा ९.२७ प्रतिशतले बढी बीमा शूल्क संकलन गरेका छन् । १४ निर्जीवन बीमा कम्पनीहरुले गत वर्षको सोही अवधिमा १५ अर्ब ७२ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सबैभन्दा धेरै बीमा शूल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्से संकलन गरेको छ । यो कम्पनीले मंसिर मसान्तसम्ममा २ अर्ब १९ करोड ९८ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले यो अवधिमा १ लाख १५ हजार ३२८ वटा बीमालेख जारी गरेर उक्त रकमको व्यवसाय गर्न सफल भएको छ ।
त्यस्तै दोस्रोमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । यो कम्पनीले यो अवधिमा १ लाख २५ हजार १५५ वटा बीमालेख जारी गरेको छ । त्यस्तै शिखर इन्स्योरेन्सले पनि यो अवधिमा १ अर्ब ७४ करोड २५ लाख रुपैयाँ बीमा शूल्क संकलन गरेको छ । यो कम्पनीले यो अवधिमा १ लाख २२ हजार ९६१ वटा बीमालेख जारी गरेको छ ।
त्यस्तै मंसिर महिनासम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले ९४ करोड ४६ लाख रुपैयाँ बीमा शूल्क संकलन गरेको छ । त्यस्तै िदओरिएन्टल इन्स्योरेसले १ अर्ब १२ करोड ६९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ६७ करोड ११ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्स कम्पनीले ५४ करोड ३४ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड ३८ लाख रुपैयाँ बीमा शूल्क संकलन गरेका छन् ।
त्यस्तै मंसिर महिनासम्म प्रभु इन्स्योरेन्सले ७६ करोड ६८ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब १३ करोड ६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ४० करोड ९ लाख रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्सले ९९ करोड ७४ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् । त्यस्तै आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले यो अवधिमा १ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले यो अवधिमा १ अर्ब २ करोड ५५ लख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्