काठमाडौं । सरकारले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन गरेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीको संयोजकत्वमा अर्थसचिव रामप्रसाद घिमिरे र विज्ञको रुपमा ज्योतिचन्द्र ओझा रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवाल विरुद्ध नागरिकता किर्ते गरेको आरोपमा भष्ट्राचारको मुद्दा दर्ता गरेको थियो । सिलवालको पदावधि समेत सकिने तर्फ गएको थियो ।
प्रतिक्रिया दिनुहोस्