काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासन सेवा तर्फको सहायक द्धितीयको अन्तिम नतिजा सार्वजनिक गरेको छ । बैंकले बिहीबार लिखित परीक्षाको अंक तथा अन्तर्वार्तामा प्राप्त गरेको अंकको आधारमा अिन्तम नतिजा सार्वजनिक गरेको हो ।
२० पदका लागि नेपाल राष्ट्र बैंकले २०८० असार मसान्तसम्ममा रिक्त रहेको प्रशासन सेवातर्फको सहायक द्वितीयको लागि परीक्षा सञ्चालन गरेको थियो । बैंकले नयाँ कर्मचारीका लागि खुल्ला प्रतियोगिताद्वारा लोक सेवा आयोगबाट लिखित परीक्षा लिएको थियो । बैंकले नेपाल सरकारको समावेसी नियम अनुसार सहायक द्वितीय पदका लागि खुल्लामा ११ जना, महिलामा ४ जना, आदिवासी जनजातीमा २ जना, मधेशीमा २ जना, दलितमा १ जना माग भएको छ ।
राष्ट्र बैंकको उक्त पदका लागि लिएको परीक्षामा उत्तीर्ण भएका २० जनामध्ये १२ जना महिला रहेका छन् । खुल्ला ११ जना उम्मेदवारमा समेत ६ जना महिला सिफारिस भएका छन् । नियुक्तिको पहिलो नम्बरमा नै महिला सिफिरिस भएकी छिन् । पहिलो नम्बरमा १४९७६ रोल नम्बर भएकी नवीना तामाङ परेकी छन् । त्यस्तै, दोस्रो नम्बरमा सुशिला खतिवडा रहेकी छन् । त्यस्तै, खुल्ला तर्फ सुस्मिता महर्जन, योगेश खतिवडा, यशोदा उपाध्याय, प्रदिप साह तेली, प्रणव राज कोइराला, मोनिका कुमारी सिंह, प्रज्ञा पोखरेल, दिनिशा खाँण र अभिनाश दनुवार सिफारिस छनौटमा परेका छन् ।
त्यस्तै, आदिवासी जनजातीमा सुमन प्रधान र अजिता राई, महिलामा सुनेना विश्वास, सुस्मिता बराल, पुष्पा कुमारी धिमाल, सुप्रभा अधिकारी, मधेशीमा सुनिल कुमार साह र मेघनाथ कुमार यादव र दलितमा दिपम वि.क सिफारिसका लागि छनौट भएका छन् ।
छनौट भएका उम्मेदवारहरूले नियुक्ति लिन बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौंमा पुस १९ गतेभित्र आवेदन दिनु पर्ने बैंकले जनाएको छ । साथै, स्वास्थ्य परीक्षणको प्रतिवेदन तथा अन्य अवस्था अनुकुल भएमा छनोट भएका उम्मेदवारलाई पुस २४ गते नियुक्ति दिइने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्