Skip to content
Prabhu

मंसिर मसान्तसम्म ४ निर्जीवन लघु बीमा कम्पनीको व्यवसाय ३३ करोड माथि, कुनको कति ?

nabil

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा लघु निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ३३ करोडभन्दा माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चारवटा निर्जीवन बीमा कम्पनीहरुले ३३ करोड ८८ लाख रुपैयाँको व्यवसाय गरेका हुन् ।

यो अवधिमा ४ वटा लघु बीमा कम्पनीहरुले १ लाख ३३ हजार ३८५ वटा बीमालेख जारी गरेर उक्त बीमा शुल्क संकलन गरेका हुन् । चार लघु निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शूल्क संकलन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । यो कम्पनीले मंसिर महिनासम्मको अवधिमा ३९ हजार ८६६ वटा बीमालेख बिक्रीबाट १० करोड १२ लाख रुपैयाँ बीमा शूल्क संकलन गरेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै यो अवधिमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ८ करोड ३१ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ । यो कम्पनीले ३० हजार ३६१ वटा बीमालेख जारी गरेर उक्त रकम संकलन गरेको हो । बीमा प्राधिकरणको तथ्यांकअनुसार स्टार माइक्रो इन्स्योरेन्सले मंसिर मसान्तसम्मको अवधिमा ३५ हजार १०० वटा बीमालेख जारी गरेर ७ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ । यो अवधिमा सबैंभन्दा कम बीमा शूल्क आर्जन गर्नेमा ट्रस्ट माइक्रो इन्स्योरेन्स रहेको छ । यो कम्पनीले २८ हजार ५८ वटा बीमालेख जारी गरेर ७ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ ।

चारवटा लघु निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै ७ करोड ७४ लाख रुपैयाँको व्यवसाय गरेका छन् । मंसिर महिनामा मात्रै कम्पनीहरुले ३२ हजार २४ वटा बीमालेख जारी गरेर उक्त रकम बराबरको व्यवसाय गर्न सफल भएका हुन् । मंसिर महिनामा मात्रै पनि सबै भन्दा धेरैको व्यवसाय गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । यो कम्पनीले २ करोड २२ लाख रुपैयाँको व्यवसाय गरेको छ । त्यस्तै प्रोटेक्टिभ माइक्रोले १ करोड ८९ लाख रुपैयाँ स्टार माइक्रोले १ करोड ८३ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सन्ले १ करोड ७८ लाख रुपैयाँ बीमा शूल्क संकलन गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal