काठमाडौं । सिटिजन लाइफ इनस्योरेन्समा कार्यरत सिनियर एजेन्सी म्यानेजर दिपा चापागाईँ सीओटी बन्न सफल लभएका छिन् । तीन महिनामा एमडीआरटीको लक्ष्य पूरा गरेकी दिपा सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) अन्तर्गत कोट अफ द टेबल (सीओटी) को लक्ष्य पुरा गर्न सफल भएकी हुन् ।
उनले आर्थिक बर्ष २०८०/८१ मा कम्पनीले तोकेको सिटिजन स्टारको लक्ष्य पूरा गरेकी थिइन भने उनी एक बर्षमा ९ पटक देशभरबाट हिरो अफ द डे बन्न सफल भएकी थिइन् । उनले सिटिजन लाइफमा राम्रो कार्य प्रदर्शन गर्दै आइरहेकी छन् । संखुवासभा खाँदवारीमा जन्मिएकी दिपा चापागाईं हाल काठमाडौं आलोक नगरमा बसोबास गर्छिन् ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सम्मको अध्ययन पूरा गरिकी दिपा सिटिजन लाइफ इन्स्योरेन्सको स्वयम्भू शाखामा सिनियर एजेन्सी म्यानेजरको रुपमा आबद्ध छिन् । छोटो समयमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल दिपा सफल अभिकर्ताको रुपमा बीमा बजारमा परिचित छन् ।
प्रतिक्रिया दिनुहोस्