काठमाडौं । (आज) मंगलबार विभिन्न पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, आईसीएफसी फाइनान्स र शिवम सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी कम्पनीहरुले भोलि पुस १७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीले मात्रै यी कम्पनीको लाभांश प्राप्त गर्नेछन् । लक्ष्मी सनराइज बैंकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि यही पुस २४ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे साधारणसभा बस्नेछ । सांग्रिला डेभलपमेन्ट बैंकले चुक्ता पुँजीको ३.६५१६ प्रतिशत बोनस सेयर र ०.१९२२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि पुस २९ गते अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौंमा बिहान साढे १० बजेदेखि साधारणसभा बस्नेछ ।
त्यस्तै साना किसान विकास लघुवित्तले चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको छ । घोषित लाभांश पारित गर्न पुस २३ गते कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान १० बजेदेखि साधारणसभा बस्नेछ । त्यस्तै आइसिएफसि फाइनान्सले चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको छ । यो निर्णय पारितका लागि पुस २९ गते बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौंमा बिहान १० बजेदेखि साधारणसभा बोलाएको छ ।
शिवम सिमेन्टले चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न पुस २९ गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान ९ बजेदेखि साधारणसभा बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्