काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ३ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ३ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी जनाएको हो ।
राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा २ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५४ करोड ८८ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड १९ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भन्दै ब्याजदर प्रस्ताव आह्वान गरेको हो ।
मुद्दति निक्षेपका रुपमा रकम जम्मा लिन चाहने बैंकहरुले पुस १८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । यस्तो मुद्दति निक्षेप २०२५ जनवरी १६ देखि २०२६ जनवरी १७ सम्म ३६७ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्