Skip to content

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङ

nabil
global ime

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी तामाङलाई कार्यालयको प्रमुखको रूपमा सरुवा गरेको गृह मन्त्रीको सचिवालय स्रोतले बतायो।

यसअघि तामाङ अपराध अनुसन्धान विभाग (सिआइडी)का प्रमुख थिए। कार्यालयमा प्रमुख रहेकी एआइजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएकी थिइन्। उनी अवकाशमा गएसँगै उनको ठाउँमा तामाङलाई पठाइएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T