Skip to content

हट एयर बेलुनमा उड्दै कलाकृति

oppo_3

गण्डकी । प्राज्ञ नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तर्राष्ट्रिय हट एयर बेलुन फेष्टिफलका अवसरमा हट एयर बेलुनमा उड्दै दुई कलाकृति सिर्जना गरेका छन् । प्राज्ञ सिंहले बेलायती पाइलट एलेक्सले चार हजार फिट माथि बेलुन उठाउँदा क्यानभासमा सूर्योदयको कलाकृतिसँगै अन्नपूर्ण दृश्य चित्र सिर्जना गरेका हुन् ।

नेपालको हट एयर बेलुनमा उडेर बनाएको पहिलोपटक भएको र अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभलको पनि पहिलो घटना हुन सक्ने बेलुन नेपालका व्यवस्थापक सरोज कोइरालाको दाबी छ ।

हट एयर बेलुनका पाइलट एलेक्सले हट एयर बेलुनमा बसेर बनाइएको कलाकृति सिर्जनालाई आफ्नो जीवनीको पुस्तकमा समावेश गर्ने बताए।

फेस्टिफल संयोजक प्रविण महर्जनले बेलुन फेष्टिफलमा बेलुनमा कलाकृतिको सिर्जना ऐतिहासिक क्षण भएको बताउँदै नेपालमा पहिलो पटक डिजे नानाले बेलुनमा प्रस्तुति दिएको जानकारी गराए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T