Skip to content
Prabhu

नारच्याङ बेँसीमा खानेपानी आयोजना निर्माण सुरु

nabil

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेँसीमा १ करोड रुपैयाँभन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ ।

ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा १ करोड आठ लाख ३१ हजार सात सय ५६ रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको हो । आयोजनाबाट नारच्याङ बेँसीगाउँका एक सय ९० परिवार लाभान्वित हुने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए।

global
अर्घाखाँची सिमेन्ट

विद्यालय, स्वास्थ्यचौकी, युवा क्लब, आमा समूह, मन्दिर र छात्रावासमा पनि धारा जडान गरिने जनाइएको छ । गोर्खा वेयलफेयरको रु ८७ लाख ६५ हजार छ सय ७२ अनुदान रहने आयोजना निर्माणमा उपभोक्ताले रु २० लाख ६६ हजार ८३ बराबरको श्रमदान गर्नुपर्नेछ ।

आगामी चैत महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित मुहान, ट्याङ्की, धारा र पाइपलाइनको काम तीव्र गतिमा भइरहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal