काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार झिनो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ४.६३ अंकले वृद्धि भएर २५८६ को बिन्दुमा कायम भएको छ ।
सेयर बजार बढेसँगै न्यादी हाइड्रोपावर लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको आज प्रतिकित्ता ४५ रुपैयाँले सेयरमूल्य बढेको छ ।
त्यस्तै, सामुदायिक लघुवित्तको सेयरमूल्य १९७ रुपैयाँले वृद्धि भएको छ । साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको ८५ रुपैयाँ, सिन्धु विकास बैंकको ७२ रुपैयाँ, सुपरमादी हाइड्रोपावरको १२४ रुपैयाँले सेयरमूल्य वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्