Skip to content
Prabhu

सेयर बजारमा ५ अंकको सुधार, कारोबार रकम ४ अर्ब ८६ करोड माथि

nabil

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक ५ दशमलव ३२ अंकले बढेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २५९१ दशमलव ५६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये १४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ६७ अंकले घटेर ४४२ दशमलव ८९ विन्दुमा पुगेको छ । त्यस्तै आइतबार १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको सेयर मूल्य घटेको छ ।

सेयर बजारमा सामान्य अंकले बढेको दिन बजारमा ४ अर्ब ८६ करोड २ लाख १ हजार ९७४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२७ कम्पनीका ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर ६१ हजार १६७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा उपकार लघुवित्त, दोर्दी खोला जलुविद्युत कम्पनी र ग्रिन भेन्चर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal