काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले निष्कासन गरेको ५० प्रतिशत हकप्रद सेयरको बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीले कात्तिक २० गतेसम्म कायम सेयरधनीका लागि मंसिर १६ देखि पुस ७ गतेसम्म प्रति सेयर १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले निष्कासन अवधिभित्र रितपूर्वक आवेदन दिने सेयरधनीलाई उक्त सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । यस हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्