काठमाडौं । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ दशमलव ५३ अंकले बढेर बन्द भएको हो ।
आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २६०१ दशमलव ०९ विन्दुमा पुगेको छ । यो सेसनमा सेन्सेटिभ इन्डेक्स १ दशमलव ६२ अंकले बढेर ४४४ दशमलव ५१ विन्दुमा पुगेको छ । यो सेसनमा २९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको घटेको छ । त्यस्तै १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यो सेसनमा सेयर बजारमा ४४ कम्पनीका १ लाख २ हजार ३९ कित्ता सेयर ८३ पटक खरिद बिक्री हुँदा ७ करोड ३३ लाख ७८ हजार ६१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्