काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहदा समग्र बजार बढ्दा पनि यो कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २३५ रुपैयाँ ३० पैसाले घटेर २ हजार ११७ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । पहिलो एक घण्टाको कारोबार जारी रहँदा समग्र सेयर बजार भने १७ दमलव ३५ अंकले बढेर २६०८ दशमलव ९१ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ७८ करोड भन्दा माथिको कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्