Skip to content

सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ३ भारतीयसहित ५३ जना पक्राउ

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर ३ भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरूलाई ‘अनलाइन जुवा’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो। हाल अनुसन्धान जारी रहेकाले अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उनको भनाइ थियो।

अभियुक्तबाट ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान मोबाइल फोन पनि बरामद भएको छ। उनीहरूले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको उनले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T