Skip to content
Prabhu

सपोर्ट लघुवित्तको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

nabil

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ६ हजार कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउने गरी सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिन घटीमा १०० कित्ता र बढीमा सबै कित्ता सेयर खरिदको माग गर्न सकिनेछ । यस हिसाबले १०० कित्ता शेयर खरिदका लागि न्यूनतम ४५ हजार रुपैयाँ लाग्नेछ ।

global
अर्घाखाँची सिमेन्ट

सेयर खरिद गर्न इच्छुक व्यक्तिले माघ २८ गतेभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु–काठमाडौंमा बुझाउनु पर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal