नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले हाल कायम रहेका संस्थापक सेयरधनीहरुले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।
यस बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ९४ हजार ४३५ कित्ता सेयर बिक्रीमा राखेको हो । यो सेयरमा हाल बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक लगानीकर्ताले आफूले किन्न चाहेको सेयर कित्ताको विवरण खुलाई ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । आवेदन बैंकको केन्द्रीय कार्यालय, रत्ननगर–१ टाँडी, चितवनमा बुझाउनु पर्नेछ । साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधराणलाई बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्