काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नारायणगढ शाखाले मृतक बिमितको परिवारलाई १७ लाख २३ हजार ५ सय रुपैयाँ दाबी भुक्तानी गरेको छ।
चितवन भरतपुर महानगरपालिका–१४ निवासी बिमित कुमबहादुर तामाङको मृत्युपश्चात् उनकी श्रीमती यशु तामाङलाई बीमा दाबीबापत उक्त रकम प्रदान गरिएको हो ।
नारायणगढ शाखाबाट मृतक तामाङले २०७८ असार २१ गते सावधिक जीवन बीमा योजनाअन्तर्गत बीमा गराएका थिए । उनले चार किस्ता बराबर ४ लाख ७९ हजार ७ सय ४८ रुपैयाँ बीमा शुल्क बुझाएका थिए । गत कात्तिक ३ गते बिमित तामाङको असामयिक निधन भएपछि उनका हकवालालाई बीमा दाबी रकमको चेक हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ।
बीमा दाबी रकम हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका उपप्रमुख हरि शर्मा पौडेल, शाखा प्रबन्धक शिव शर्मा, एमडीआरटी दत्तप्रसाद, सिनियर एजेन्सी म्यानेजर हिमाल खनाल, एजेन्सी म्यानेजर इन्द्रप्रसाद अधिकारी, ज्ञानहरि खतिवडा, कला खनाल र एकबहादुर सिलुवाल उपस्थित थिए ।
कार्यक्रममा उपप्रमुख पौडेलले जीवन बीमा बचत मात्र नभई आकस्मिक वित्तीय क्षतिबाट बच्ने सुरक्षित उपायसमेत भएको बताए ।
प्रतिक्रिया दिनुहोस्