Skip to content
Prabhu

लक्ष्मी सनराइज बैंकको २४ औं साधारणसभाले पारित गर्‍यो ५ प्रतिशत लाभांश

nabil

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस सेयर दिने भएको छ । बुधबार बसेको कम्पनीको चौबिसौं वार्षिक साधारणसभाले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आवको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

global
अर्घाखाँची सिमेन्ट

साथै आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ । आव २०८०/८१ मा ३३३ अर्ब निक्षेप र २५८ अर्ब रुपैयाँ कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार ३९५ अर्ब रुपैयाँ रहेको छ । सो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal