काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ हजार कित्ता सेयर बिक्रीमा राखेको छ । संस्थाले इच्छुक जो कोही व्यक्ति तथा संगठित संस्थाहरूले किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिँदा घटीमा १०० कित्ता सेयर र बढीमा १० को गुणानमा सम्पूर्ण कित्ता माग गर्दै आवेदन दिन सकिनेछ । न्यूनतम मूल्यमा १०० कित्ता शेयर खरिदका लागि ७० हजार रुपैयाँ लाग्नेछ ।
सेयर किन्न इच्छुकले आफूले किन्न चाहेको सेयर कित्ता र सोको मूल्य समेत खुलाई आज पुस २५ गतेदेखि माघ २ गते दिउँसो ३ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र फाराम बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लेखनाथमार्ग, ठमेल, काठमाडौंमा पाइनेछ र सोही स्थानमा बुझाउनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्