काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६३१५७९० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ रहेको छ । पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश जारी गर्नका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति माग्ने र आगामी वार्षिक साधारणसभामा पारितका लागि पेश गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्