Skip to content
Prabhu

नेप्से १८ अंकले घट्यो, कारोबार रकम ७ अर्बमाथि

nabil

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १८ दशमलव १४ अंकले घटेर बन्द भएको हो।

अघिल्ला तीन दिन लगातार रुपमा बढेको सेयर बजारमा आज दोहोरो अंकको करेक्सन भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक २६३५ दशमलव ०९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५५ वटाको सेयर मूल्य पनि बढेको छ भने १८० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।

त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९७ अंकले घटेर ४४८ दशमलव ५४ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै सेयर मूल्य बढेको छ ।

परिसूचक घटे पनि कारोबार रकममा भने आज सुधार भएको छ । अघिल्लो दिन ६ अर्ब ४० करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब भन्दा धेरैको कारोबार भएको छ ।

आज सेयर बजारमा ३०८ कम्पनीका १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर ७३ हजार ३०९ पटक खरिद बिक्री हुँदा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार ५८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचक घटे पनि आज दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal